यही फाल्गुण ५ गतेदेखि झापाबाट शुरु भएको नेकपा (माके)को जनतासँग माओवादी : तराई मधेश जागरण अभियानको समय तालिका परिवर्तान भएको जनाइएको छ । स्थानीय जनताको पर्व तथा पार्टीका जनसंगठनका भेला लगायतका अन्य कार्यक्रम परेकाले यो अभियानको समय तालिका परिवर्तन गरिएको उक्त पार्टीले जनाएको छ ।

नेकपा (माके)का अध्यक्ष पुष्पकाल दाहाल ‘प्रचण्ड’को अगुवाई र सोही पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागििता रहेको झापादेखि धनुषासम्म हुलाकीमार्ग र सो आसपासमा यो अभियान अन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन् । यो अभियानका क्रममा तराई मधेशमा न्यानो माया पाएको अभियानमा सहभागीको भनाई छ । यसैक्रममा विभिन्न पार्टी र समूह परित्याग गरेर नेकपा (माके)मा प्रवेश गरेकाहरुलाई नेकपा (माके)का अध्यक्ष दाहालले खादा र टीका लगाएर स्वागत गर्नुभएको थियो ।





