सहकारी सहित ५ अध्यादेश आज राष्ट्रिय सभामा पेश हुदै

बुधबार बहुमत सांसदहरुक‍ समर्थनमा प्रतिनिधि सभाबाट पारित भएका सहकारी सहितका केही ऐन संशोधन गर्ने ५ अध्यादेश आज राष्ट्रिय सभाको बैठकमा प्रस्तुत हुने बताइएको छ ।

प्रतिनिधि सभाबाट पारित भएका ५ वटा अध्यादेशमध्ये सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशको बारेमा संघीय संसद भित्र मात्र नभई बाहिर पनि सरोकार निकै छलफल र बहस हुँदै आएको थियो । प्रतिनिधि सभामा पनि यो विपक्षमा रास्वपाकी सांसद चन्दा कार्कीले संंशोधन प्रस्ताव दर्ता गर्नु भएको थियो सो संशोधन प्रस्तावलाई समर्थन गर्दै नेकपा (माके)का सांसद लेखनाथ दाहाल ‘राजन’ले अध्यादेशबाट नभई राष्ट्रिय स्तरमा बहस छलफल गरि सहकारीका समस्या समाधान गर्ने गरी संघीय संसदमा नयाँ विधेयक लेख्नु पर्ने बताउनुभएको थियो । प्रतिनिधि सभाबाट सांसद कार्कीले प्रस्तुत गरेको उक्त संशोधन प्रस्ताव अस्वीकृत गरेको थियो ।

बैठकमा सहकारी सम्बन्धी अध्यादेश निर्णायाथ पेश गर्दै भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएको अध्यादेशबाट सहकारीमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

नेेपाल सरकारले भूमि सम्बन्धी अभ्यादेश भने संघीय संसदमा निर्णायार्थ प्रस्तुत गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *