स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अन्तत: सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटायो । सोमबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले कुलमान घिसिङलाई हटाएर सोही प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । दोश्रो कार्यकालको ४ महिना १३ दिन बाँकी छदाँ सरकारले उनलाई हटायो । कुलमानले घाटामा गएको नेपाल विद्युत प्राधिकरणलाई चुहावट र बेथिति न्युनिकरण गरी नाफामा त लगे नै , त्योसँगै सवस्टेसन लगायतका संरचना निर्माण र आन्तरिक व्यवस्थापन बलियो बनाएर र नेपाल विद्युत प्राधिकरणले नाफा आर्थिक वर्ष २०८०/०८१ मा रु.१४ अर्ब ४६ करोड र आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा रु.११ अर्ब ३६ नाफा आर्जन ग-यो । कुदमान नेपाल विद्युत प्राधिकरणको लगानीमा ठूलो जलासययुक्त विद्युत परियोजना बनाउने दिशामा अगाडि बढ्नुका साथै विद्युत निकालेको पानीबाट हाइड्रोजन निकालेर विक्री गर्ने योजना बनाउदै थिए कतपपय जानकार बताउछन् तर सरकारले पटक पटक उनलाई स्पष्टीकरण सोध्यो र उर्जा , जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले कार्य प्रगति विवरणमा शून्य अंक दिएका थिए ।
कुलमानको बिदाई सँगै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका हितेन्द्रदेव शाक्य उप-कार्यकारी निर्देशक हुँदै यस अघि कार्यकारी निर्देशक बनेर नेपाल विद्युत प्राधिकरणलाई लोडसेडिङ गर्ने दिशामा अगाडि बढाएको भन्दै नागरिकले असन्तुष्टी जनाएपछि २०७८ साल साउन २५ गते उर्जा मन्त्रालयमा सरुवा गरेर ४ वर्षको लागि कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । शाक्य पुन: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेपछि जनमानसमा पुन: लोडसेडिङ हुने आशंका बढेको छ । सरकारको नेपाल विद्युत प्राधिकरणबाट कुलमानलाई हटाएर त्यहाँ हितेन्द्रलाई ल्याएको कार्यप्रति नागरिकहरुले असन्तुष्टि व्यक्त गरेको देखिएको छ ।





