संघीय संसदक‍ो वर्षे अधिवेशन शुरु

आजबाट संंघीय संसदको वर्षे अधिवेशन शुरु भएको छ । जस अन्तर्गत केहीबेर अघि प्रतिनिधि सभाको बैठक शुरु गर्नुभएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक आरम्भ गर्नासाथ नेपाली कांग्रेसका सचेतक निश्कल राईले हालै जारी भएका अध्यादेश लगायतका विषयमा आफ्नो धारणा प्रस्तुत गर्दै नेपाल सरकार, मन्त्रपरिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी गरिएका अध्यादेशको औचित्यमाथि प्रश्न उठाउनुभयो ।

आजको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिद्वारा हालै जारी गरिएका ८ वटै अध्यादेश प्रतिनिधि सभाको बैठकमा पेश गर्ने गर्ने कार्यसूची रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *