केन्द्रीय संयुक्त संघर्ष समितिको संयोजकमा धर्मेन्द्र बास्तोला

सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र ऋषिराम कट्टेल नेपाल कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिको संयोजकमा नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला चयन हुनुभएको छ । सोमबार काठमाडौंमा बसेको केन्द्रीय संंयुक्त संघर्ष समितिको बैठकले बास्तोलालाई उक्त समितिको संयोजक चयन गरेको बैठकमा सहभागी एक नेताले बताए । ३/३ महिनामा आलोपालो प्रणाली अन्तर्गत संयोजक परिवर्तन गर्ने उक्त समितिको नीति रहेको बताइएको छ । गत पुषमा ४ वटा कम्युनिष्ट पार्टीले केन्द्रीय संयुक्त संघर्ष समिति निर्माण गरेका थिए , जसको संयोजन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले गर्दै आउनुभएको थियो ।

उक्त संघर्ष समितिले बालेन्द्र साह नेतृत्वको बर्तमान सरकारले विना विकल्प जथाभावी सुकुम्बासी बस्तीमा डोजर चलाएर जनतालाई आतङ्कित बनाउने जस्ता गलत कार्यको विरोध गर्दै सुकुम्बासीहरुको दीर्घकालीन रुपमा उचित व्यवस्थापन गर्न र राज्यले विना विकल्प सुकुम्वासी बसतीमा जथाभावी डोजर लगाउदा भएको क्षतिको पीडितलाई क्षतिपूर्ति प्रदान गर्नु पर्नेमा जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *