स्वास्थ्य वीमा कार्यक्रम बन्द नगर्न संस्था संस्थाहरुलाई स्वास्थ्य वीमा बोर्डको अनुरोध

काठमाडौं/ काठमाडौंको टेकूमा रहेको स्वास्थ्य वीमा बोर्डले स्वास्थ्य वीमा कार्यक्रम बन्द नगर्न स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरेको छ । बिहीबार सो बोर्डद्वारा जारी प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाहरुलाई आफूले भुक्तानी गर्नु पर्ने दावी रकम यथाशीघ्र भुक्तानी गरिने र त्यसपछिको दावी रकम कार्यतालिका बनाएर भुक्तानी गर्ने जनाएको छ ‌। स्वास्थ्य वीमा बोर्डले स्वास्थ्य वीमा कार्यक्रमको आफूलाई भुक्तानी पाउनु पर्ने ३ वर्षदेखिको रकम भुक्तानी नपाएको भन्दै त्रिभुवन विश्वविद्यालय , शिक्षण अस्पताल , महाराजगञ्ज , काठमाडौंले आउदो असार १५ गतेदेखि स्वास्थ्य वीमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको जनाएको थियो , जसले स्वास्थ्य वीमा कार्यक्रम मार्फत उपचाररत आर्थिक अवस्था कमजोर रहेका विरामीहरु चिन्तित बनेका थिए ।