Category अर्थ

पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्धको संघर्ष स्थगन गर्न आपूर्ति मन्त्रालयको आग्रह

काठमाडौं/ एक हप्तामा दुई पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएपछि त्यसको विरोध भइरहेको छ । युवा, विद्यार्थी , मजदुर लगायतले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोध गरिरहेका छन् तर यता उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कर घटाउने गरी…

चिनी र गहुँ निर्यात बन्द गर्ने भारत सरकारको निर्णयले नेपाली उद्योगीहरु चिन्तित

काठमाडौं/ आफ्नो देशका नागरिकहरुको खाद्य सुरक्षालाई ध्यानमा राखेर भारत सरकारले चिनी र गहुँ निर्यात बन्द गर्ने निर्णय गरेको छ । रुस र युक्रेन युद्धका बीच युरोपियन देशहरुमा ठूला परिमाणमा गहुँ निर्यात गरेको भारतको चिनी र गहुँ निर्यात बन्द गर्ने निर्णयले…

पेट्रोलियम पदार्थको मुल्य बृद्धिको चौतर्फी विरोध

काठमाडौं/ नेपाल आयल निगम लिमिटेडले एक साता भित्र पुन: गरेको मुल्य बृद्धिको विरोध भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दल तथा अखिल नेपाल विद्यार्थी यूनियन , अखिल (क्रान्तिकारी) लगायतले त्यसको घोर विरोध गर्दै उक्त मुल्य बृद्धि अविलम्व खारेज…

नेपाल आयल निगमले पुन: बढायो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं/ नेपाल आयल निगम लिमिटेडले आज मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । सो निगमद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा खाना पकाउने एल.पी. ग्यासको प्रति सिलिण्डर रु.२००, पेट्रोल , डिजेल र मट्टितेल , हवाइ ईन्धनको प्रति लीटर…

यातायातका साधनमा फेरि बढ्यो भाडा

काठमाडौं/ सरकारले यातायातका साधनमा आजदेखि फेरि भाडा बढाएको छ । यातायात व्यवस्था विभागले मंगलबार जारी गरेको सूचनामा नेपाल आयाल निगम लि.ले पेट्रोलियम पदार्थको पुन: मुल्य बढाएकोले स्वचालित मुल्य प्रणाली अनुसार आजबाट लागू हुने गरी ३.५ देखि ५.१ प्रतिशतसम्म यातायातका साधनमा…

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरु

भैरहवा/ रुपन्देही जिल्ला सदरमुकाम भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान शुरु भएको छ । आज विहान ७ बजेर ८ मिनेटमा कुवेतबाट जजिरा एयरलाइन्सको एयरबस ३२० जहाज सो विमानस्थलमा अवतरण गरेको थियो । त्यस लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले…

बैंक तथा वित्तीय संस्था आइतबार बिदा हुने

काठमाडौं/ आउदो जेठ १ गतेदेखि शनिबार र आइतबार हप्ताको २ दिन बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी सूचनामा सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय विहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म कायम गरेको जनाइएको छ…

लोडसेडिङको मारमा नेपालका उद्योगहरु

काठमाडौं/ विद्युत आपूर्ति कम भएको भन्दै नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्न थालेपछि उद्योगहरु मारमा परेको देखिएको छ । इन्धनको मुल्यबृद्धि, कच्चा पदार्थ आयात गर्दा भोग्नु पर्ने समस्या लगायतका विभिन्न अफ्ठ्यारा झेलिरहेको नेपालको औद्योगिक क्षेत्र यतिबेला समयमा विद्युत आपूर्ति हुन नसक्ता…

स्थानीय तहको निर्वाचन नजिकिएसँगै माला र खादाको व्यापार मालामाल

काठमाडौं/ स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै माला र खादाको व्यापार बढेको देखिएको छ । निर्वाचनमा विभिन्न पदका अधिकांश उम्मेद्वारहरु माला र खादा लगाएर सार्वजनिक स्थलमा जान थालेपछि आफ्नो व्यापारमा केही बृद्धि भएको खादा र माला व्यापारीहरुले बताएका छन् । देशभरका…

विदेशी पर्यटक भित्रिने क्रम बढेसँग पर्यटन क्षेत्रमा पलायो आशा

काठमाडौं/ विदेशी पर्यटक आउने क्रम बढेसँगै नेपालको पर्यटन क्षेत्रमा आशा पलाएको देखिएको छ । सन् २०२२ प्रवेशसँगै नेपालमा विदेशी पर्यटक आउने क्रम बढ्दै गएको र पछिल्लो समय दैनिक २ हजारदेखि २५/२६ सयको अनुपातमा विदेशी पर्यटक नेपाल आइरहेका पर्यटन बोर्डले जनाएको…