आजबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र आरम्भ

भक्तपुर / आजबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र आरम्भ भएको छ । कोरोना महामारीका कारण यस वर्ष विद्यालय तहको शैक्षिक सत्र आरम्भ २ महिना ढिलो भएको हो । आजबाट शैक्षिक सत्र आरम्भ भएपनि कोरोना संक्रमण दरमा कमी आएपनि नियन्त्रण भने भई नसकेकोले धेरै विद्यालयहरुले भर्चुअल विधिबाट अनलाईन कक्षाद्वारा पठन पाठन शुरु गर्ने बताएका छन् तर इन्टरनेटको पहुँच नभएका थुप्रै विद्यालयका विद्यार्थीहरुको पठन पाठन कसरी हुने भन्नेमा अन्यौल देखिएको छ ।

यता बेला बेलामा बत्ती जाने र इन्टरनेट सेवा पनि आउने जाने भइरहेकोले अनलाइन कक्षा पनि त्यत्ति प्रभावकारी हुन सकेको देखिएको छैन ।

आजबाट नयाँ शैक्षिक सत्र आरम्भ भएपनि काठमाडौं उपत्यका भित्रका कतिपय विद्यालयले भने जेठको तेस्रो साताको छेउछाउबाटै नयाँ शैक्षिक सत्रको पठन पाठन शुरु गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *