किरात धर्मगुरु फाल्गुनन्दले समाज सुधारमा गरेको योगदानको सम्झना

दमक/ आज किरात धर्मगुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको १३७औं जन्मजयन्तीको अवसरमा उनले समाज सुधारका लागि गरेको योगदानको सम्झना भइरहेको छ । विशेष गरी किरात समुदायले उनले किरात भाषा, लिपि, संस्कार र संस्कृति निर्माणमा पु-याएको योगदानको सम्झना गरिरहेका छन् । वि.सं.१९४२ कार्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका र वि.सं.२००५ सालमा निधन भएका फाल्गुनन्दले बनाएको समाज सुधार सम्बन्धी नीति’ सत्य धर्म मुचुल्का‘ वि.सं.१९८८ बैशाख २४ गते जारी गरिएको जानकारहरु बताउछन् ।

पूर्वी जिल्लाहरुका साथै काठमाडौं उपत्यकामा रहेका किरात समुदायले फाल्गुनन्दले समाज सुधारमा पु-याएको योगदानको स्मरण गरिरहेको देखिएको छ । दमक नगरपालिका कार्यालय नजिकैको चोकमा फाल्गुनन्दको शालिक निर्माण गर्नुका साथै त्यस चोकलाई फाल्गुनन्द चोक नामाकरण गरिएको छ भने नेपाल सरकारले पनि फाल्गुनन्दलाई वि.सं.२०६६ मंसीर १६ गते राष्ट्रिय विभूति घोषणा गरी उनले समाज सुधारमा पु-याएको योगदानको कदर गरेको थियो । आज १ नं. प्रदेशका कतिपय स्थानमा सार्वजनिक विदा भएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *