काठमाडौं/ काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं.८, मातातीर्थमा आफ्नै भवनमा मुख्य कार्यालय र कीर्तिपुर नगरपालिका वडा नं. ५, छुगांमा सदस्य सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लि.को हिजो मातातीर्थ स्थित हाम्रो मार्टमा १३औं वार्षिक साधारण सभा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष बटुकृष्ण थापाको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको बागमती प्रदेश सभासद रमा आले मगरले उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा सभासद आलेले शुभकामना मन्तव्य व्यक्त गर्दै सामाजिक तथा आर्थिक विकास परिवर्तनमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले खुशी खुशी साकोसका सबै सूचकाङ्क राम्रो देखिएको भन्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । चन्द्रागिरि नगरपालिकाकी उप-मेयर लिसा महर्जन लगायतका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको त्यस साधारण सभामा उक्त संस्थाका अध्यक्ष थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यस संस्थाको गतिविधि र समग्र वित्तीय अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो । सोही संस्थाका संस्थापक रामप्रसाद अधिकारीले सञ्चालन गर्नु भएको त्यस सभामा विभिन्न ढंग उक्त संस्थालाई सहयोग पु-याउनु हुने प्रहरी कर्मचारी सुमनराज घिमिरेलाई सम्मान गरिएको थियो । त्यसैगरी साधारण सभामा उत्कृष्ठ कर्मचारी पुरस्कार क्यासियर सलिना महर्जन र बजार प्रतिनिधि सुर्मिला महर्जन तथा चेयरम्यान अवार्डबाट विमश थापालाई प्रदान गरी सम्मानित गरिएको थियो ।
साधारण सभाबाट संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन माथि शेयर सदस्यहरु बीच छलफल गरी पारित गरिएको थियो ।