गुणस्तरीय इन्टरनेट सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीद्वारा वर्डलिंकको कार्यालय घेराऊ

[et_pb_section][et_pb_row][et_pb_column type=”4_4″][et_pb_text]

काठमाडौं / इन्टरनेट सेवा प्रवाह गरिरहेको वर्डलिंकले गुणस्तरीय इन्टरनेट सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीहरु आक्रोसित बनेको देखिएको छ । सोही यही कारण उनीहरुले काठमाडौंको कोटेश्वरमा रहेको वर्डलिंकको कार्यालय घेराऊ गरिरहेका छन् । वर्डलिंक प्रशासनले उनीहरुलाई सम्झाउन प्रयत्न गरिहेको छ तर सेवाग्राहीहरु भने आफूहरुले वर्डलिंकले तोकेको शुल्क तिरेपछि पनि त्यो अनुसारको इन्टरनेट सुविधा नपाएको भन्दै आक्रोस व्यक्त गरिरहेका छन् ।

वर्डलिंकको इन्टरनेट सेवा गुणस्तरीय नभएको भन्दै पछिल्लो समय विरोध भइरहेको छ , जसका कारण वर्डलिंकको इन्टरनेट सेवा छाडेर अन्य कम्पनिको इन्टरनेट सेवा लिने क्रम पनि चलिरहेको देखिएको छ ।

कोरोना संक्रमण शुरु भएसँगै २०७६ को उत्तरार्धदेखि वर्डलिंक लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनिहरुले सेवाग्राहीको ढाड सेक्ने गरी तत्कालको प्रचलित शुल्कमा झण्डै दोब्बर हुने गरी शुल्क बढाएका छन् तर राज्यको नियामक निकायले त्यसप्रति राखेको पाइएको छैन ।

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]

Leave a Reply

Your email address will not be published. Required fields are marked *