काठमाडौं/ गत महिना नेकपा(एमाले) विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी चयन गरेको छ । सो पार्टीको मर्मदाक्रममा अध्यक्ष माधवकुमार नेपाल पछाडि वरिष्ठ नेता झलनाथ खनाल र वरिष्ठ नेता खनालपछि मुकुन्द न्यौपाने रहने बताइएको छ । यसैगरी सो पार्टीको उपाध्यक्षमा राजेन्द्र पाण्डे , प्रमेश हमाल , केदार न्यौपाने , धर्मनाथ शाह , केशवलाल श्रेष्ठ , घनेन्द्र बस्नेत र जयन्ती राई , महासचिवमा बेदुराम भुसाल , उप-महासचिवमा गंगालाल तुलाधर , प्रकाश ज्वाला र विजय पौडेल तथा सचिवमा जगन्नाथ खतिवडा , राजेन्द्र राई , रामकुमारी झाँक्री र नागेन्द्र चौधरी रहने सहमती भएको जनाइएको छ ।
