पेट्रोलियम पदार्थको मुल्य बृद्धि बिरुद्धको आजको नेपाल बन्दमा नागरिकको व्यापक समर्थन

काठमाडौं / नेपाल आयल निगम लि.ले पछिल्लो पटक गरेको पेट्रोलियम पदार्थको मुल्य बृद्धि बिरुद्ध आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दलाई नागरिकहरुले समर्थन गरेको देखिएको छ । अत्यावश्यक काममा जानु पर्ने भन्दा बाहेकले आफ्ना सवारी साधन पनि खासै चलाएको देखिएको छैन भने स्कूल, कलेज , कलकारखाना तथा चोक बजार लगायतका अधिकांश पसल बन्द रहेको देखिएको छ ।

यता प्रहरीले काठमाडौं , काभ्रेपलाञ्चोक लगायतका बिभिन्न स्थानबाट बन्द गराउदै हिडेका सो पार्टीका ३ दर्जन भन्दा बढी नेता-कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ ।

उता पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोध गर्दै सो मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गर्दै अनेरास्वियुले एकल तथा नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल क्रान्तिकारी सहित सत्तारुढ ५ दलीय गठबन्धनमा सम्लग्न दलका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विरोध कार्यक्रम गरिरहेका छन् ।

यस्तैगरी अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराई तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला पनि पेट्रोलियम पदार्थको मुल्य बृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् तर यता नेपाल आयल निगम भने आफृनो निर्णयबाट टसमस भएको छैन । नेपाल आयल निगम लि.ले पछिल्लो पटक ग्यासमा रु.७५ तथा पेट्रोल, डिजेल र मट्टितेलमा रु.३ का दरले मूल्य बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *