काठमाडौं/ यही जेठ २८ गते बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा व्यक्त गर्ने क्रममा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हत्या गर्ने भन्ने दिएको अभिव्यक्तिप्रति नेकपा(एमाले) ले आपत्ति जनाएको छ । सो पार्टीको ओली खेमाका प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस विज्ञप्ति जारी गरी उक्त अभिव्यक्तिप्रति खेल व्यक्त गर्नु भएको छ ।
यता नेपाली काँग्रेसका बागमती प्रदेशसभासद नरोत्तम वैद्यले भने- ‘मैले यही जेठ २८ गते बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा व्यक्त गर्ने क्रममा आफूबाट सो अभिव्यक्ति दिनु भुल भएको महसुस गरेको छु र हाम्रो पार्टीले पनि उक्त अभिव्यक्ति सच्याउन निर्देशन दिएकोले म त्यसप्रति क्षमा याचना गर्छु’ भनुभएको छ । उहाँले प्रेस वक्तव्य जारी गर्दै भुलबस आफूबाट व्यक्त भएको त्यस अभिव्यक्तिलाई बागमती प्रदेशसभाको रेकर्डबाट हटाउन सभामुख समक्ष आग्रह गर्नु भएको छ ।