काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको सोल्टीमोडमा केन्द्रीय कार्यालय रहेको सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.का पूर्व अध्यक्ष इच्छाराज तामाङलाई पक्राउ गरे लगत्तै सो संस्थाका थप ११ जनालाई उक्त संस्थाको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । यसरी थप पक्राउ पर्नेमा सो संस्थाको सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ,लेखा सुपरीवेक्षण समितिका पूर्व सदस्य हरिहर लामिछाने , लेखा अधिकृत राकेश महर्जन , प्रबन्धक सहजकर्ता भगवान बहादुर सिंह, कनिष्ठ सहायक प्रबन्धकहरु एलिना तुलाधर, बुद्धराज तामाङ , कौस्तुभाकेतन ढुंगाना र मायोनानी महर्जन , कनिष्ठ अधिकृत शंकरप्रसाद पाठक र सहायक संगीता श्रेष्ठ र सिभिल होमका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह छन् ।