ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी यूनियनले सबै विद्यार्थीहरुलाई अविलम्ब खोप उपलब्ध गरी सबै तहका परीक्षा सञ्चालन गर्न सरकार समक्ष माग गरेको छ । यही साउन २३ गते सो संगठनको राष्ट्रिय सम्मेलन आयोजक समितिको भर्चुअल विधिबाट सम्पन्न बैठकका निर्णय प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दै उक्त संगठनले इण्डो प्यासिफिक अन्तर्गतको राष्ट्रघाती एम.सी.सी.(MCC) परियोजना खारेज गर्न माग गरेको छ । सो विज्ञप्तिमा यही साउन १५ गते दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नं.२ का ३० वर्षीय जयसिंह धामी तुईनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एस.एस.बी.ले तुईन फुकाली फुकाली दिएकाले महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति खेद व्यक्त गर्दै दोषी उपर कडा कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको उल्लेख छ । सोही संगठनका संयोजक मनिष भट्टराईद्वारा यही साउन २३ गते जारी गरिएको प्रेस विज्ञप्तिमा निम्न विषय उल्लेख छ
१. हालै २/२ पटक संसद विघटन गरेको के.पी. शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भई बनेको शेरबादुर देउवा नेतृत्वको सरकार पुरानै प्रतिकृयावादी संसदीय भासमा पतन भएको सरकार भएकाले हाम्रा समस्या समाधान नहुने भएकाले हाम्रो संगठन सम्पूर्ण न्यायप्रेमीहरु विद्यार्थी तथा आम जनसमुदायलाई संघर्षका लागि तयार रहन आह्वान गर्दछ ।
२. इन्डो प्यासिफिक रणनीति अन्तर्गतको एम.सी.सी. परियोजना साम्राज्यवादी हस्तक्षेपको नयाँ अबधारणा भएकोले यो पूरै राष्ट्रघाती र जनघाती छ। तसर्थ: हाम्रो संगठन यो तत्काल खारेजी हुनुपर्दछ र यसका विरुद्ध सम्पूर्ण देशभक्त बिद्यार्थीहरुलाई संयुक्त संघर्षको आँधीबेहरी सृजना गर्न आव्हान गर्दै चलिरहेको एम.सी.सी. विरुद्धको संघर्षप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।
३. यही श्रावण १५ गते दार्चुला जिल्ला,व्यास गा.पा. वडा नं २ निवासी ३० वर्षीय जयसिंह धामीको तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (SSB) ले सो तुइनको लठ्ठा खोली दिएर निज बेपता भएको घटनाबारेमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त रवैया अमानवीय, हस्तक्षेपकारी र राष्ट्रिय स्वाधीनतामा आँच पुग्ने खालको भएकोले सरकारको ध्यानाकर्षण गराँउदै अपराधीलाई हदैसम्मको कार्वाही गर्न र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न जोडदार माग गर्दछ ।
४. परीक्षा दिन पाउनु विद्यार्थीको नैसर्गिक अधिकार भएकाले परीक्षा रोक्ने नभएर कोभिड-१९ विरुद्धको खोप सम्पूर्ण बिद्यार्थीहरुलाई तत्काल उपलब्ध गराइ विभिन्न वैकल्पिक बिधिहरुको उपयोग गर्दै विद्यार्थीलाई छिटोभन्दा छिटो परीक्षाको वातावरण सृजना गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ।
६. हरेक बर्ष खोलिनुपर्ने लोकसेवा आयोग लगायत विभिन्न सेवा आयोगको परीक्षा विभिन्न बाहानामा लामो समय नखुल्ने तर उमेर हद कायमै हुँदा युवा, विद्यार्धीको ठूलो अंश मर्कामा परेको छ भने त्यस क्षेत्रले दक्ष र अब्बल उमेद्वारहरु पनि छुटाउन पुगेको छ । यो समस्या तुरुन्त समाधान गर्न हाम्रो संगठन जोडदार माग गर्दछ । ।
७. किसान, मजदुर र आर्थिक रुपले बिपन्न जनसमुदायका छोराछोरीलाई विशेष आरक्षणको व्यवस्था गर्न हाम्रो संगठन माग गर्दछ ।
८. ६० लाख भन्दा बढी युवा,जो विदेशीन बाध्य छन् ,उनीहरुलाई देशमै रोक्न राष्ट्रिय उद्योग तथा कलकारखाना स्थापना गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ।
९. राष्ट्रियता, जनजीवीका र जनतन्त्रसँग सम्बन्धित समस्याहरु समाधान भएका छैनन बरु आज यी समस्याहरु झन जटिल बन्दै आइरहेका छन् । बरु नेपाली शासक वर्गहरु बिस्तारवाद र साम्राज्यवादका सहयोगी खेताला बन्न पुगेका छन् । यस्ता प्रकारका समस्याको हल यही पुरानै प्रतिकृयाबादमा पतन भएको सामन्ती , दलाल तथा नोकरशाही पूँजीवादी संसदीय व्यवस्थाले गर्न नसक्ने भएकाले आमुल परिवर्तनको पक्षमा रहेका इमानदार क्रान्तिकारीहरुमा संगठित हुन र संयुक्त संघर्षमा उत्रन हाम्रो संगठन हार्दिक आव्हान गर्दछ।
१०. हाम्रो संगठन आमूल परिवर्तनका निम्ति गठन भएको रणनीतिक संयुक्त मोर्चा युगान्तकारी होस् भन्ने शुभकामनासंगै विद्यार्थी संगठनहरुमा पनि रणनीतिक संयुक्त विद्यार्थी मोर्चाको गठनका निम्ति सरोकारवालाहरुलाई आव्हान गर्दछ।
११. विश्वव्याधी कोरोना (जसको उपचार छैन) सँग जोगिन विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गर्दै आफ्ना घरमा रहेका सागसब्जी ,गेडागुडी र माछामासु सेवनका लागि जोड दिन्छ ।