सर्वोच्च अदालतका न्यायधीशहरु बन्दी प्रत्यक्षीकरणका मुद्धा हेर्ने कि नहेर्ने भन्ने अलमलमा

काठमाडौं/ प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बन्दी प्रत्यक्षीकरणको मुद्धा सहित अन्य मुद्धा सहितको १० वटा इजालास तोकेपछि न्यायधीशहरु इजालासमा बस्ने कि नबस्ने भन्ने अलमलमा परेको देखिएको छ । ती १० वटा इजालास मध्ये आफूलाई मात्रै प्रधानन्यायधीश जबराले एकल इजलास तोक्नु भएको बताइएको छ ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजिनामाको माग गर्दै इजालास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायधीशहरु बीचको सोमबारको छलफलबाट आजबाट बन्दी प्रत्यक्षीकरणको मुद्धा हेर्ने तर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्धा भने नहेर्ने र प्रधानन्यायधीशसँगको इजालासमा नबस्ने निर्णय गरेको बताइएको थियो ।

प्रधानन्यायधीश जबराको राजिनामा माग गर्दै ईजालास बहिस्कार गरेपछि न्यायाधीशहरुले कम्तीमा पनि बन्दी प्रत्यक्षीकरणको मुद्धा हेर्नु पर्ने जनदवाव बढ्दै गएको छ । स्वागत नेपाल लगायतका कानून व्यवसायीहरुले कम्तीमा पनि बन्दी प्रत्यक्षीकरणको मुद्धा हेर्नु पर्ने माग गर्दै दवावमूलक गतिविधि गर्दै आएका छन् ।

यता प्रधानन्यायधीश जबराको राजिनामाको माग गर्दै आज पनि नेपाल वार एसोसिएशनको अगुवाईमा कानून व्यवसायीहरुले विरोध कार्यक्रम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *