सर्वोच्च अदालतमा किचलो

काठमाडौं/ सरकारसँग भागबण्डा लिएर नाताले जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा यतिबेला विवादमा तानिनु भएको छ । जसले गर्दा सर्वोच्च अदालतमा किचलो उत्पन्न उत्पन्न भ एको छ । सर्वोच्च अदालतका २४ जना न्यायाधीशहरु र केही वकीलहरु प्रधानन्यायधीश जबरालाई बहिर्गमन गराउन दवावमूलक गतिविधि गरिरहेको देखिएको छ । उनीहरुले प्रधानन्यायधीश जबराले आज बोलाउने भनिएको फुल कोर्टको बैठक र प्रधानन्यायधीश जबराले तोकेका इजलास बहिस्कार गर्ने बताएका छन् । यसले सर्वोच्च अदालतको गरिमा र विश्वसनीयतामा आँच आउन सक्ने देखिएको छ । नेपालको न्यायपालिकाको इतिहासमा यस खाले समस्या पहिलो पटक देखिएको कतिपय जानकारहरु बताउछन् । सरोकारवाला पक्षहरुले गम्भीर भएर जतिसक्तो छिटो यो समस्याको निराकरण गरी न्यायपालिकाको गरिमा र विश्वसनीयतालाई जोगाउनु पर्नेमा उनीहरु जोड दिइरहेका छन् । उता हिजो गजेन्द्र हमाल मन्त्री बन्नुमा आफू सम्लग्न नरहेको स्पष्टीकरण प्रधानन्यायधीश जबराले नेपाल बार एसोसिएसनसँगको बैठकमा दिएसँगै यो विषयमा नेपाल बार एसोसियसन भने अलि नरम देखिएको छ ।

यता नेपाली काँग्रेसका नेता गजेन्द्र हमाललाई मन्त्री बनाउनमा प्रधानन्यायधीश जबराको सम्लग्नता नरहेको भनेर सरकार तथा सत्तारुढ दलहरुका नेताहरुले स्पष्टीकरण दिदै आएका छन् । यो विषयमा अनावश्यक किचलो खडा गरेको उनीहरुको भनाई छ । त्यस्तैगरी प्रधानन्यायधीश जबराले पनि त्यो विषयमा आफ्नो सम्लग्नता नरहेको बताउदै आउनु भएको छ ‌।

उता उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री बनेका गजेन्द्र हमालले पनि मन्त्री पदबाट राजिनामा दिइसकेका छन् तर विवाद भने घट्नुको सट्टा झन बढिरहेको छ । गजेन्द्र हमाललाई मन्त्री बनेपछि सञ्चारकर्मीहरुले तपाई मन्त्री बन्नुमा प्रधानन्यायधीश जबराको साथ र सहयोग रहेको छ नि भनेर प्रश्न गर्दा उनले त्यो विषयको स्पष्ट जवाफ नदिई पञ्छिनुले प्रधानन्यायधीश जबरालाई संकटमा धकेल्नमा तिनै गजेन्द्र हमालले खलनायकको भूमिका खेलेको भनेको पनि कतिपय व्यक्तिहरुले भनेको सुनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *