सुयोग्य साकोस,कोटेश्वरको १४औं वार्षिक साधारणसभा सम्पन्न, पम्फा न्यौपाने अध्यक्ष चयन

काठमाडौं/ यही असोज १६ गतेबाट आरम्भ भएको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा आज समापन कार्यक्रम गरी सम्पन्न भयो । सो कार्यक्रम सोही संस्थाकी अध्यक्ष चित्राकुमारी थाम्सुहाङ सुब्बाको अध्यक्षता तथा पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि.का नि:बर्तमान अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रतिनिधिमूलक ढंगबाट लोटस पार्टी प्यालेस, कोटेश्वरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि बडालले समापन कार्यक्रमको उद्घाटन गर्दै स्थापना भएको १४ वर्षको अवधिमा सुयोग्य साकोसले आफ्नो नाम अनुसारको काम गरी प्रगति हासिल गरेको देखिएको छ भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले सहकारीले आर्थिक परिवर्तन , सामाजिक परिवर्तन तथा सांस्कृतिक परिवर्तन र वातावरणको क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिदै सहकारी संस्थाले आफू रहेको क्षेत्रका समुदायको जीवनस्तर माथि उठाउने गरी कार्य गर्नु पर्ने खाँचो औंल्याउनुभयो । त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लि.का पूर्व महाप्रबन्धक राम भजन शाहले सहकारीले सामाजिक तथा आर्थिक क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्दै सुयोग्य साकोसले आफ्नो नाम अनुसारको काम गरिरहेको भन्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । त्यसै संस्थाकी सञ्चालक पम्फा न्यौपानेले स्वागत मन्तव्य, सञ्चालक काजीमान सुब्बाले धन्यबाद ज्ञापन र प्रमुख कार्यकारी अधिकृत खड्गप्रसाद सुब्बाले ‘सञ्चालन गर्नु भएको कार्यक्रममा उक्त संस्थाकी अध्यक्ष सुब्बाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘आफ्ना शेयर सदस्यहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न सक्यो भने मात्रै संस्थाको दिगोपना रहन्छ भन्ने नीतिका साथ सुयोग्य साकोसले सहकारीको मुल्य र मान्यतालाई पूर्ण रुपमा लागू गरी सुशासनमा रहेर आफ्ना शेयर सदस्यहरुलाई वित्तीय तथा रेमिट सेवा प्रवाह गरिरहेको छ’,भन्नुभयो । उहाँले १४ वर्ष अगाडि २७ जना शेयर सदस्यहरु मिलेर रु.२ लाख शेयर पूँजीबाट कारोवार शुरु भएको हाम्रो यस संस्थामा यतिबेला १,२९९ जना शेयर सदस्य र रु.२६ करोड ५० लाख वासालात रहेको बताउनुभयो । संस्थाको सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुको टिमवर्क , शेयर सदस्यहरुको साथ र सहयोग र कर्मचारीहरुको लगनशीलताले गर्दा नै हाम्रो यस संस्थाले स्थापना भएको छोटो समयमा राम्रो प्रगति गर्न सकेकोले यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । त्यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेका रचनात्मक सामाजिक क्रियाकलाप र कोरोना महामारीको समयमा आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरेको कर्जाको व्याजमा छुट लगायतका सेवा र सुविधाको बारेमा चर्चा गर्दे अध्यक्ष सुब्बाले यस संस्थाले तयार गरेको ४ वर्षे रणनीतिक व्यवसायिक योजना लागू भएको चौथौ वर्षसम्ममा यसको वासालात कम्तीमा रु.६४ पु-याउने लक्ष्य रहेको बताउनुभयो ‌।

कार्यक्रममा सोही संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक प्रकाश रेग्मीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै आफूले स्वदेश तथा विदेशका विभिन्न सहकारी संघ/संस्थाको अध्ययन गरिरहेको र त्यो अध्ययनबाट प्राप्त ज्ञान र सीप हाम्रो यस सुयोग्य साकोसलाई नमुना सहकारी संस्था बनाउनको लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम सञ्चालन गर्दै प्रमुख कार्यकारी अधिकृत सुब्बाले त्यस संस्थाको चालु आर्थिक वर्षको कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । त्यसै साधारण सभाको बन्द-सत्रबाट प्रतिवेदन तथा चालु आर्थिक वर्षको कार्यक्रम माथि शेयर सदस्यहरु बीच छलफल गरी पारित भएका थिए ‌। आर्थिक वर्ष २०७७/०७८ मा शेयर सदस्यहरुलाई १५ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरेको उक्त संस्थाले कारोवारको आधारमा शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम प्रदान गर्ने साधारण सभिले निर्णय गरेको छ । संस्थामा गरेको कारोवारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम प्राप्त गर्ने सो संस्थाका उत्कृष्ट शेयर सदस्य मीरा खड्का (रु.३८,८०२), शिवकुमार लिम्बु(रु.२८,५१०) र ज्योति सुब्बा (रु.१९,८०९) लाई चेक हस्तान्तरण गरी सम्मान गरिएको थियो ।

उक्त साधारण सभाबाट पम्फा न्यौपानेको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मतिबाट चयन भएको छ । ४ वर्षे कार्यकाल रहने सञ्चालक समितिको उपाध्यक्षमा टेकबहादुर लिम्बु तथा सदस्यमा काजिमान सुब्बा , तेजप्रसाद गौतम , श्रीचन्द्र तण्डुकार , खुशमाया श्रेष्ठ र भगिमाया थाम्सुहाङ हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा प्रकाश रेग्मी तथा सदस्यमा टामलाल भुषाल र सुरेजा लिम्बु रहनु भएको छ ।

स्थापना भएदेखि १४ वर्षसम्म सो संस्थाको नेतृत्व गर्नु भएकी अध्यक्ष सुब्बाले उक्त साधारण सभाबाट संस्थाको नेतृत्व हस्तान्तरण गर्दै नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिलाई बधाई ज्ञापन सहित कार्यकाल सफलताकोढढ शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमकी अध्यक्ष सुब्बाले अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

काठमाडौं महानगरपालिका-३२,सेतीओपी मार्ग, कोटेश्वरमा रहेको आफ्नै भवनबाट सञ्चालन भइरहेको उक्त संस्थाले यही असोज १६ गते आफ्नो १४औं वार्षिक साधारणसभा शुरु गरी शेयर सदस्यहरु बीच संस्थाको प्रतिवेदनहरु र चालु आर्थिक वर्षको कार्यक्रमको मस्यौदा माथि छलफल गरी सुझाव संकलन गरिएको थियो ।

Leave a Reply