आजबाट बडादशैं शुरु,१५ दिनसम्म बन्दी प्रत्यक्षीकरण बाहेकका अदालतका सबै कार्य बन्द

काठमाडौं/ आजबाट नेपालीहरुको महान चाड बडादशैं आरम्भ भ एको छ । आज बिहानैदेखि पुजा कोठामा सरसफाई गरी घटस्थापना गरेर जमरा राख्ने कार्य भइरहेको छ । आजैबाट बडादशैंको कालरात्री शुरु भएको छ भने नवदुर्गाको पुजापाठ पनि शुरु भएको छ । मानिसहरु शक्तिपीठहरुमा दर्शन गर्न जाने क्रम पनि हुदैछ । बडादशै परिवारका सदस्यहरुसँगै भेला भएर देश तथा परदेशमा रहेका परिवारका सदस्यहरु घर फर्कने क्रम पनि जारी छ ।

यसैगरी आजबाट आउदो कार्तिक ३ गतेसम्म १५ दिन अदालत बिदा भएको छ तर बिदामा पनि बन्दी प्रत्यक्षिकरणको सुनुवाई लगायतका कार्य भने हुने बताइएको छ ।

बडादशैं-२०७८ को पावन अवसरमा हाम्रा पाठक तथा सुभ चिन्तकहरुका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति,सु-स्वास्थ्य तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं ।

-अलगपथ डट कम परिवार

Leave a Reply