एसईईको नतिजा साउनमा प्रकाशन हुने

यस वर्षको एसईईको नतिजा आउदो साउन महिना भित्र प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सो परीक्षाको उत्तर परीक्षणको अंक यही असार २० गतेसम्मम राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा पठाई सक्न सम्बन्धित विद्यालयहरुलाई निर्देशन गरिएको जनाइएको छ । गत वर्ष झैं यो वर्ष पनि कोरोना महामारीका कारण एसईई परीक्षा सञ्चालन नगरी विद्यालयहरुले आन्तरिक मुल्यांकनको आधारमा उक्त परीक्षाको नतिजा प्रकाशन हुने छ ।

यता एसईई सञ्चालन नभएपछि सो परीक्षाको लागि भनेर विद्यार्थीहरुबाट लिएको शुल्क फिर्ता गर्नु पर्ने सम्बन्धित विद्यार्थीहरुका अभिभावकहरुले माग गरेका छन् ।

Leave a Reply