कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिल र पेरु तथा अर्जेन्टिना र कोलम्बिया भिड्ने , पूरा होला त मेस्सीको कोपा अमेरिका फुटबल प्रतियोगिता जित्ने चाहना ?

[et_pb_section][et_pb_row][et_pb_column type=”4_4″][et_pb_text]

काठमाडौं / संसारको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका फुटबल म्याच ब्राजिलमा जारी छ । ४७औं संस्करणको यो प्रतियोगिताको आज बिहान अर्जेन्टिना र इक्वेडर तथा कोलम्बिया र उरुग्वे बीचको क्वाटरफाइनल चरणको खेलमा अर्जेन्टिना र कोलम्बिया विजयी भएसँगै सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । यस अगाडिको क्वाटर फाइनल चरणको खेलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई पाखा लगाएर सेमिफाइनल यात्रा तय गरेका थिए ‌। अब आउदो मंगलबार बिहान ब्राजिल र पेरु तथा बुधबार बिहान अर्जेन्टिना र कोलम्बिया फाईनलका लागि भिड्दैछन् ।

आज बिहान भएको क्वाटरफाइनलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा २ का बिरुद्ध ४ गोलले र अर्जेन्टिनाले इक्वेडर लाई ३-० गोल अन्तरले पराजीत गरेका थिए । अर्जेन्टिनाको जीतमा लियोनल मेसीले १ गोल र थप २ गोलका लागि सहयोग गरेका थिए । यो कोपा अमेरिका फुटबलको जारी प्रतियोगितामा मेस्सीले ४ गोल गरेका छन् ।

१० टोली सहभागी खेलमा २ समुह बनाएर खेलाइएको थियो । १० टोलीमध्ये समुह ‘ए’ बाट बोलिभिया र समुह ‘बी’ बाट भेनेजुयला समुह चरणबाटै बाहिरिएका थिए भने समुह ‘ए’ बाट अर्जेन्टिना मात्रै सेमिफाइनल पुगेको छ । जारी प्रतियोगितामा समुह ‘ए’बाट अर्जेन्टिना र समुह ‘बी’ बाट ब्राजिल अपराजीत रहेका थिए भने दुबै टोली समुह बिजेता बनेर क्वाटर फाइनल प्रवेश गरेका थिए ‌। यो प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएका ती दुबै टोलीले समुह चरणका खेलमा ३ जीत र १ खैल बराबरी खेलेका थिए ‌।

मेस्सीको कोपा अमेरिका फुटबल प्रतियोगिता जित्ने चाहना पूरा होला ?

स्पेनिस क्लब बार्सिलोनाका लागि सबैथोक जितेका लियोनल मेस्सीले देशको लागि अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न नसकेका कारण आलोचित रहदै आएका छन् ‌। सन् १९९३ मा कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जिते यता अर्जेन्टिनाले कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जित्ने सकेको छैन । मेस्सीको कप्तानीमा सन् २०१४ को फुटबलको वर्ल्ड कपको फाइनलमा जर्मनीसँग तथा सन् २०१७ र २०१८ मा सम्पन्न ४४औं र ४५औ संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिना चिलीसँग पराजीत भएको थियो भने सन् २०१९ को ४६औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना तेस्रो स्थानमा नै चित्त बुझाउन बाध्य भएको थियो ‌‌। आफ्नो खेल जीवनको उत्तरार्धमा पुगेका मेस्सी यस पटक अर्जेन्टिनालाई कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि दिलाएर आफूलाई आलोचना गर्नेहरुको मुखमा बुझो लाउने लक्ष्यका साथ अगाडि बढिरहेका छन् ‌‌‌‌‌‌तर उनको यो लक्ष्यले सार्थकता पाउँछ कि पाउँदैन भन्ने कुराको निर्धारण अर्जेन्टिना र कोलम्बिया बीचको सेमिफाइनल खेलले पनि निर्धारण गर्ला । अर्जेन्टिनासँग सेमिफाइनलमा भिड्ने कोलम्बिया पनि शसक्त छ ।

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]

Leave a Reply