चौथो ललितपुर साकोस समिट आजबाट हुने

ललितपुर/ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आजबाट चौथो ललितपुर साकोस समिट हुदै छ । ललितपुरको गोदावारी स्थित होटल भ्यु भृकुटीमा हुने सो समिटको आज बिहान ८:०० बजे उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको ललितपुर जिल्ला बचत तथा ऋण सहकार संघ लि.का अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक रामहरि बजगाईँको भनाई छ । विशेषगरी ललितपुरको साकोस अभियानमा सम्बद्ध सहकारी संघ/संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहने उक्त समिट ३ दिनसम्म चल्ने छ । त्यस समिटमा बिभिन्न विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्ने र ती कार्यपत्र माथि सहभागीहरु बीच छलफल हुने कार्यसूची रहेको सोही संघका व्यवस्थापक सन्तोष बजगाईँले बताउनु भएको छ ।

Leave a Reply