थिमि स्वावलम्बन साकोसको १४औं वार्षिक साधारण सभा सम्पन्न, आ.ब.२०७७/०७८ मा संस्थाको मुनाफा रु.१,४९,२१,३२४

भक्तपुर/ भक्तपुरको मध्यपुर थिमि नगरपालिका-५, चपाचोमा रहेको थिमि स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा शनिबार चपाचो चोकमा सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न भयो । सो संस्थाका अध्यक्ष दिल कृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो। त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै मेयर श्रेष्ठले थिमि स्वावलम्बन साकोसले स्थापना भएको छोटो राम्रो प्रगति गरेको देख्ता खुशी लागेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्ने , रोजगारी सृजना गर्ने , उत्पादन बृद्धि र गरिबी निवारणमा सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । मध्यपुर थिमि नगरपालिकाले सहकारीको विकास र प्रवर्द्धनलाई जोड दिएको उहाँको भनाई भयो । त्यसैगरी मध्यपुर थिमि नगरपालिका वडा नं.६ का वडाध्यक्ष इन्द्रबहादुर प्रजापतिले शुभकामना व्यक्त गर्दै राम्रो सँग थिमि स्वावलम्बन साकोसले चपाचो र आसपासका क्षेत्रमा संस्कृति, कला र सम्पदा संरक्षण तथा प्रवर्द्धनमा योगदान पु-याइरहेको भन्दै उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।

यस्तैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष हरि बल्लले सहकारी अभियानको विकासमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । उहाँले सहकारीमा देखिएको बेथिति अन्त गर्न सहकारी कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण स्थापना गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । यो साधारण सभामा प्रस्तुत भएको प्रतिवेदनमा उल्लेख भएका थिमि स्वावलम्बन साकोसका सबै सूचकाङ्क राम्रो रहेको उहाँको भनाई थियो ।

साधारण सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष प्रजापतिले ‘बचतले हाम्रो भविष्यलाई सुखी बनाउँछ‘ भन्ने नाराका साथ निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको हाम्रो यस संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा रु.१,४९,२१,३२४ नाफा आर्जन गर्न सफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई अझ थप गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही सभामा स्वागत मन्तव्य व्यक्त गर्दै त्यसै संस्थका नि:बर्तमान अध्यक्ष चन्द्रकृष्ण प्रजापतिले उक्त संस्थाको समग्र अवस्थाको बारेमा प्रकाश पार्दै स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस थिमि स्वावलम्बन साकोसले स्मार्ट मोवाइल बैंकिङ सेवा जस्ता प्रविधिको माध्यमबाट आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

त्यसैगरी मध्यपुर थिमि नगरपालिकाकाका आर्थिक तथा सहकारी शाखाका प्रमुख अशोक राई , भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बलराम प्रजापति , बाबा बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक ज्ञानेश्वर कायष्ठ , सजिलो बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बलराम प्रजापति, मध्यपुर साकोस म्यानेजर्स क्लवका अध्यक्ष कपिल घजु लगायतको आतिथ्यता रहेको त्यस साधारण सभामा उक्त संस्थाका सचिव विनोद प्रजापतिले संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष कृष्णबहादुर प्रजापतिले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक रामचन्द्र प्रजापतिले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल भई साधारण सभाबाट ती प्रतिवेदनहरु पारित भएका थिए । साधारण सभाले पारित गरेका प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा १,२९६ जना महिला, ९३७ जना पुरुष र संस्थागत ३ गरी शेयर सदस्य संख्या २,१३१, शेयर पूँजी रु.५,२६,११,५००, निक्षेप ४८,६१,८६,५५१/९६ र कर्जा लगानी रु.४१,३३,०३,५२५ रहेको उल्लेख छ ‌‌।

साधारण सभामा प्रमुख अतिथि श्रेष्ठ तथा विशेष अतिथिद्वय प्रजापति र बल्ललाई त्यसै सभाका अध्यक्ष प्रजापतिले मायाको चिनो प्रदान गर्नुभयो ‌। यसैगरी त्यसै सभामा सोही संस्थाका उत्कृष्ठ बचतकर्ता सदस्य शिवशंकर प्रजापति र उत्कृष्ठ ऋणी सदस्य इन्द्रकुमार राईलाई चाँदीको सिक्का द्वारा सम्मान गरिएको थियो भने आदर्श मा.वि.मा कक्षा ४ मा अध्ययनरत छात्रा युनिषा प्रजापतिलाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तैगरी चपाचो टोलमा रहेको चपाचो बासुरी खल:लाई कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु-याएको भन्दै नगद रु.१५ हजार प्रदान गरिएको थियो । उक्त संस्थाकी उपाध्यक्ष कमला प्रजापतिले सञ्चालन र व्यवस्थापक रामचन्द्र प्रजापतिले संयोजन गर्नु भएको त्यस साधारण सभामा राष्ट्रिय गान तथा उद्घाटन कार्यक्रममा सांगीतिक धुन चपाचो बासुरी खल:ले र स्वागत गान पञ्च रङ्ग भजन समूहले प्रस्तुत गरेका थिए ।

Leave a Reply