दक्षिण बाराही महिला साकोसको २३औं वार्षिक साधारण सभा सम्पन्न , ढुंगेल पुन: अध्यक्षमा चयन

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका-४,दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को २३औं वार्षिक साधारण सभा सोही संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षता र सूर्यविनायक नगरपालिका वडा नं.४ का वडाध्यक्ष उत्तम थापाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो। उक्त संस्थाको कार्यालयमा यही मंसीर ८ गतेदेखि आरम्भ भएको त्यस साधारण सभाले सो संस्थामा पुन: निर्जला ढुंगेल दाहालको अध्यक्षतामा सञ्चालक समिति र श्रृजना थापा खड्काको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । उक्त सञ्चालक समितिको उपाध्यक्षमा शारदा थापा, सचिवमा पार्वती घिमिरे भण्डारी र कोषाध्यक्षमा तारा खतिवडा सापकोटा तथा सदस्यमा शारदा खनाल , तुलशा पुरी , रीता के.सी., भगवती पोखरेल ढुंगेल र लक्ष्मीकुमारी कार्की हुनुहुन्छ । यसैगरी लेखा सुपरीवेक्षण समितिको सदस्यमा चण्डिका थापा र मधुमाया श्रेष्ठ चयन हुनु भएको छ ।

त्यसै संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले सञ्चालन गर्नु भएको त्यस साधारण सभामा जेष्ठ शेयर सदस्यहरु जीवन्त कुमारी घिमिरे , गंगाकुमारी भण्डारी ,सरस्वती थापा ,गंगाकुमारी खत्री र विष्णु महतलाई सम्मान गरिएको थियो । यस्तैगरी साधारण सभामा एकल वा स्वनिर्भर सम्मानबाट मिनु श्रेष्ठ , लक्ष्मी सुवेदी कार्की , शान्ति ढुंगेल, सावित्री मिजार र तारा मिजार , उत्कृष्ट बाल र बालिका बचतकर्ता उत्सव अधिकारी र प्रिशियस ढुंगेल, उत्कृष्ट नियमित बचतकर्ता भक्तकुमारी क्षेत्री, उत्कृष्ट ऐच्छिक बचतकर्ता सावित्रा थापा बुढाथोकी, उत्कृष्ट खुत्रुके बचतकर्ता सुलोचना ढुंगेल, उत्कृष्ट आवधिक बचतकर्ता प्रेम कुमारी नेपाल गिरी , उत्कृष्ट शेयर सदस्य उर्मिला खड्का र असल ऋणी सदस्य निरु थापालाई पुरस्कार प्रदान गरी सम्मानित गरियो । त्यस्तैगरी साधारण सभामा सोही संस्थामा सहयोगीको भूमिका निर्वाह गरिरहनु भएकी रामप्यारी खत्रीलाई विशेष सम्मान गरिएको थियो भने उक्त संस्थाको गतिविधिमा सक्रिय सदस्य सम्मानबाट शेयर सदस्य विमला घिमिरे र शेयर सदस्य बृद्धिमा महत्वपूर्ण सहयोग गर्ने शेयर सदस्यद्वय शारदा खनाल र पूजा रोका क्षेत्री थापालाई पुरस्कार प्रदान गरी सम्मान गरियो।

साधारण सभाले त्यस संस्थाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन शेयर सदस्यहरु बीच छलफल गरी पारित गरेको उक्त संस्थाकी व्यवस्थापक दीपा श्रेष्ठ क्षेत्रीले बताउनु भएको छ । ।

Leave a Reply