नेकपा (एमाले) को १०औं महाधिवेशन आजबाट शुरु हुदै

भरतपुर/ नेकपा (एमाले) को १०औं महाधिवेसनबाट शुरु हुदै छ । आज दिनको १२ बजे नारायणगढको नारायणी किनारमा सो महाधिवेशनको उदघाटन उक्त पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् । महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित स्वदेशी तथा विदेशी पाहुनाहरुको उपस्थिति रहने बताइएको छ । यही मंसीर १२ गतेसम्म चल्ने महाधिवेशनमा ५ लाख मानिसहरु उतार्ने बताइएको छ । उद्घाटन सत्र सकिए लगत्तै चितवनको सौराहामा बन्द-सत्र हुने तयारी भइरहेको र आजैबाट निर्वाचन कार्यक्रम शुरु हुने आयोजकको भनाई छ । करिव २ महिना अगाडि नै ललितपुरको गोदावारीमा सम्पन्न विधान महाधिवेशनबाट दस्तावेजहरुको टुङ्गो लगाई सकेको हुनाले यो अधिवेशनबाट नयाँ नेतृत्व छनौट मात्रै हुने सो पार्टीले जनाएको छ । नजिकबाट नियालीरहेकाहरुले नेकपा (एमाले)को यो महाधिवेशन जति तामझामका साथ शुरु हुदैछ , त्यति नै यसले त्यस पार्टीलाई एकमाना एकताका साथ अगाडि बढाउछ कि विभाजनको दिशामा लाने हो भनेर हेरिरहेको बताएका छन् । उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेसँगै अध्यक्ष पदमा बर्तमान अध्यक्ष ओली र उपाध्यक्ष रावल बीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । त्यसैगरी स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष, सुरेन्द्र पाण्डेले महासचिव, सचिव योगेश भट्टराई, के.स.हरु महेश बस्नेत , शेरधन राई, राजेन्द्र गौतम, बिन्दा पाण्डे लगायतले सचिवमा उम्मेद्वारी दिने घोषणा गरेको देखिएको छ । यसैगरी केन्द्रीय सदस्यको आकाङ्क्षीहरुको संख्या पनि निके ठुलै देखिएको छ ।

Leave a Reply