नेकपा नेता कमल घिमिरेको निधन

सिन्धुलीमाडी / नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य कमल घिमिरेको हिजो साँझ सिन्धुलीमाढी स्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ । बिगत केही वर्षदेखि स्वास्थ्यमा समस्या देखा परेपछि उहाँ उपचाररत रहदै आउनु भएको थियो । उहाँका श्रीमती , २ छोरा/बुहारी र छोरी छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालबाट प्रभावित र दीक्षित घिमिरे विगत ५ दशकदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तर क्रियाशील रहँदै आउनु भएको थियो । क्रान्तिकारी सिद्धान्त र आदर्शबाट कहिल्यै बिचलित नहुनु भएका घिमिरेले छरिरहेका क्रान्तिकारीहरु वीच सिद्धान्तनिष्ट एकता गरी क्रान्तिकारी आन्दोलनलाई शसक्त बनाउनु पर्नेमा जोड दिदै आउनु भएको थियो ।

उहाँको निधनप्रति शोक व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमरेड कमल घिमिरेको असामयिक दु:खद निधनले नेपाल कम्युनिष्ट पार्टीलाई मात्रै नभई नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति भएको बताउनु भएको छ ।

केही समय अगाडि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पूर्व सांसद नरेन्द्र बस्नेतको पनि निधन भएको थियो ।

Leave a Reply