नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनको लागि आज मतदान हुने

काठमाडौं/ शुक्रबारबाट शुरु भएको नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुने कार्यक्रम रहेको छ । मतदानका लागि राष्ट्रिय सभागृह, भृकुटी मण्डप र प्रहरी क्लवमा तयारी भएको जनाइएको छ । नेपाली काँग्रेसको सभापतिका लागि सभापति शेरबहादुर देउवा , उप-सभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री प्रकाशमान सिंह , नेता शेखर कोइराला र युवा नेता कल्याण गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ‌। सभापति देउवालाई पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेता शेखर कोइरालालाई बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको समर्थन रहेको बताइएको छ तर कोइराला परिवारकै सुजाता कोइराला भने पूर्व महामन्त्री प्रकाशमान सिंहको प्यानलमा उप-सभापति पदको उम्मेद्वार छन् । त्यसैगरी युवा नेताहरुमध्ये प्रवक्ता विश्वप्रकाश शर्मा प्रकाशमान सिंह, गगन थापा शेखर कोइराला र प्रदीप पौडेल सभापति शेरबहादुर देउवाको प्यानलमा महामन्त्री पदका उम्मेद्वार छन् । केही तडकभडकका गतिविधिजन्य देखिएको यो महाधिवेशनमा केन्द्रीय कार्य समितिका लागि धेरै युवाहरुले आंकाक्षा राखेको देखिएको छ तर महाधिवेशनका सबै उम्मेद्वारहरुले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा भएकोले यो स्वस्थ हुने बताएका छन् ।

यता सभापति पदका उम्मेद्वारद्वय देउवा र कोइराला बीच सवाल जवाफ भएको पनि देखिएको छ । देउवाले आफूले सभापतिमा चुनाव हारे अहिलेको गठबन्धन तोडिन सक्ने र पार्टी पनि कमजोर हुन सक्ने भएकोले आफूलाई सभापति बनाउन महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गर्नु भएको छ भने कोइरालाले नेपाली कांग्रेसको नेतृत्व परिवर्तन भएरै छाड्छ र नयाँ नेतृत्वले अहिले गठबन्धनलाई बलियो बनाएर चुनावमा जान प्रयास गर्छ भन्नु भएको छ ।

Leave a Reply