नेपाली काँग्रेसको १४औं महाधिवेशन २०७८ मंसीर २४-२६ मा हुने

काठमाडौं/ २०७८ मंसीरको पहिलो साता हुने भनिएको नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति परिवर्तन भएको छ । नेपाली काँग्रेसको निर्वाचन समितिले सो महाधिवेशन २०७८ मंसीर २४,२५ र २६ गते काठमाडौं हुने जनाएको छ ‌। केही जिल्ला अधिवेशन र प्रदेश अधिवेशन हुन बाँकी रहेकोले उक्त मिति तय गरिएको जनाइएको छ ।

यो महाधिवैशनमा नेपाली काँग्रेसका बर्तमान सभापति शेरबहादुर देउवा , बरिष्ठ नेता रामचन्द्र पौडेल, उप-सभापति विमलेन्द्र निधि , महामन्त्री शंशांक कोइराला , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह , केन्द्रीय कार्य समिति सदस्य शेखर कोइराला र आमन्त्रित केन्द्रीय कार्य समिति सदस्य कल्याण गुरुङले सभापति पदमा उम्मेद्वारी दिने बताउनु भएको छ ‌‌‌‌‌‌‌‌‌। यसैगरी सोही पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा तथा केन्द्रीय कार्य समिति सदस्यद्वय गगन थापा र प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेद्वारी दिने अभिव्यक्ति दिनु भएको छ ।

Leave a Reply