पृथ्वीको उत्तरी गोलार्द्धमा आज सबैभन्दा लामो दिन !

अंग्रेजी पात्रो अनुसार आज अर्थात जुन २१ तारेको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा सबैभन्दा लामो र दक्षिणी गोलार्धमा सबैभन्दा छोटो दिन मान्ने गरिएको छ । यस अनुसार जुन २२ तारेखबाट क्रमश: सूर्य दक्षिणतिर सर्दै जाने हुनाले उत्तरी गोलार्धमा दिन छोटिदै जाने र दक्षिणी गोलार्धमा दिन लम्बिदै जान थाल्छ भन्ने गरिन्छ तर नेपालमा भने हरेक वर्षको असार ८ गते उत्तरी गोलार्धमा सबैभन्दा लामो दिन र दक्षिणी गोलार्धमा सबैभन्दा छोटो दिन रहन जनबिश्वास छ । जसका कारण असार ८ गतेलाई भूमिराज पनि भन्ने गरिन्छ , जुन दिन जमिन खनजोत गर्नु हुदैन भन्ने मान्यता छ । असार ८ गतेपछि भने पृथ्वीको उत्तरी गोलार्धमा १ मासका दरले दिन छोटिदै जाने र दक्षिणी गोलार्धमा सोही अनुपातमा दिन लम्बिदै जान्छ भन्ने जनविश्वास छ ।

Leave a Reply