प्रधानमन्त्री देउवाद्वारा मन्त्रीपरिषद बिस्तार , नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ

काठमाडौं/ आफू नेतृत्वमा सरकार गठन भएको ८८ दिनमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले १६ मन्त्री र २ राज्यमन्त्री थप गरी मन्त्रीपरिषद बिस्तार गरेका छन् । यससँगै मन्त्रीको संख्या २२ र राज्यमन्त्रीको संख्या ३ सहित देउवा नेतृत्वको मन्त्रीपरिषदको संख्या २५ पुगेको छ । आज थप भएका मन्त्रीहरुमा नेपाली काँग्रेसबाट डा. मिनेन्द्र रिजाल -रक्षा , दिलेन्द्रप्रसाद बडु-कानुन न्याय तथा संसदीय मामिला , उमा रेग्मी- महिला ,वालवालिका तथ जेष्ठ नागरिक र उमाकान्त चौधरी-खानेपानी र गजेन्द्रबहादुर हमाल-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री छन् । ज्ञानेन्द्रबहादुर कार्कीलाई- कानुन , न्याय तथा संसदीय मामिला मन्त्रीको सट्टा सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइएको छ भने स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई सो मन्त्रालयको सट्टा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी दिइएको छ । यसैगरी नेकपा(माके) बाट देवेन्द्र पौडेल- शिक्षा , विज्ञान तथा प्रविधि , शशि श्रेष्ठ-भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण, महेश्वर जङ्ग गहतराज- युवा तथा खेलकुद र बोधमाया यादव-शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका छन् । यस्तै जनता समाजवादी पार्टी नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा गएको छ । श्रेष्ठ- संघीय मामिला तथा सामान्य प्रशासन , रेणुकुमारी यादव – भौतिक पूर्वाधार तथा यातायात, महेन्द्र राय यादव – कृषि तथा पशुपङ्छी र रामसहाय प्रसाद यादव – वन तथा वातावरण मन्त्री छन् । यसैगरी नेकपा(एस) नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा गएको छ । नेता खतिवडा- स्वास्थ्य तथा जनसंख्या, रामकुमारी झाँक्री – शहरी विकास, प्रेमबहादुर आले- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ,कृष्णकुमार श्रेष्ठ’किसान’- श्रम , रोजगार तथा सामाजिक सुरक्षा र भवानी खापुङ- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन् । राष्ट्रपति भवन शितल निवासमा आज नियुक्त भएका १६ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र २ राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथ गराएका थिए । सो मन्त्रीपरिषदमा प्रधानमन्त्री देउवापछिको दोस्रो बरियतामा गुह मन्त्री बालकृष्ण खाँण छन् ।

यता जनता समाजवादी पार्टीका सांसद प्रमोद शाहलाई कृषि तथा पशुपङ्छी बनाउने भनिएपनि शाह मन्त्री बन्न सकेनन् ।

Leave a Reply