प्रधानमन्त्री देउवाले संसदबाट बिश्वासको मत पाएसँगै एमालेमा थप किचलो

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवालेेे पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकबाट बिश्वास मत लिए । प्रतिनिधिसभामा विश्वासको मत प्रयोजनको लागि भएको मतदानमा ब उपस्थित २४९ जना सांसदमध्ये १६५ मत पक्षमा ८३ मत विपक्षमा र १ मत तटस्थ रहेको थियो । नेपाली काँग्रेस , नेकपा (माओवादी केन्द्र) , जसपा , राजमो र नेकपा(एमाले) का २२ जना सांसदले पक्षमा मतदान गरेका थिए भने नेकपा(एमाले) का ८३ जना सांसदले विपक्षमा मतदान गरेका थिए । त्यसैगरी राप्रपाका राजेन्द्र लिङ्देन तटस्थ रहे भने नेमकिपाका सांसद प्रेम सुवाल मतदान प्रक्रियामा सहभागी भएन । बिश्वासको पक्षमा नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपाल सहित उनी पक्षका १४ र ओली पक्षका ८ जना सांसदले बिश्वासको पक्षमा मतदान गरे । नेपाल समूहकै ११ जना सांसद भने मतदानमा सहभागी भएनन् । नेपाल समूहकै सांसद भीमबहादुर रावलले सांसद पदबाट राजिनामा दिएको घोषणा गरे । उता भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा(एमाले) का बरिष्ठ नेता झलनाथ खनालले पनि प्रधानमन्त्री देउवालाई बिश्वासको मत दिन आग्रह गरेका थिए । प्रधानमन्त्री देउवालाई बिश्वासको मत दिने नेकपा (एमाले) का सांसदहरु मध्ये ओली सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र संस्कृति , पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा पनि थिए ।

नेकपा (एमाले)ले प्रधानमन्त्री देउवालाई बिश्वासको मत नदिने निर्णय गरेपनि सो पार्टीका २२ जना सांसदले बिश्वासको मतको पक्षमा मतदान गरेसँगै उक्त पार्टीभित्र किचलो बढेको देखिएको छ । आगामी दिनमा पार्टी भित्रको किचलो थप बढेर जान्छ या समाधानको दिशामा अगाडि बढ्छ , त्यो त त्यस पार्टीका नेताहरुको आउदा दिनको गतिविधि र व्यवहारले निर्धारण गर्ने छ ।

Leave a Reply