बसुवर्ण साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा काजिरत्न शाक्य

ललितपुर/ ललितपुर महानगरपालिका-१६, नागबहालमा रहेको बसुवर्ण बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा २०७८ असोज २१ गते नागबहालमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष सुमन शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको नागबहाल टोल सुधार समितिका अध्यक्ष जुजुरत्न शाक्यले उद्घाटन गर्नुभयो । सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले ‘स्थानीय समुदायमा आधारित भएर सञ्चालन भइरहेको बसुवर्ण साकोसले बचत र ऋण कारोवारसँगै हाम्रो यस नागबहाल टोलको विकासका लागि महत्वपूर्ण योगदान पु-याइरहेको छ’, भन्नुभयो भयो । कोरोना महामारीको जोखिमका कारण प्रतिनिधिमूलक ढंगबाट सम्पन्न त्यस साधारण सभामा सोही संस्थाका अध्यक्ष सुमन शाक्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्थापना भएदेखि नै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको हाम्रो यो संस्थाले शेयर सदस्य महानुभावहरुको साथ सहयोग र सद्भाव , सञ्चालक समितिको टीमवर्क र कर्मचारीहरुको मेहनत र परिश्रमको कारणले गर्दा कोरोना महामारीको विषम परिस्थितिमा पनि आर्थिक वर्ष २०७७/०७८ मा पनि मुनाफा आर्जन गरी शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्न सम्भव भएको बताउनुभयो । सोही संस्थाका उपाध्यक्ष काजिरत्न शाक्यले धन्यबाद ज्ञापन र सचिव विभुशोन शाक्यले सञ्चालन गर्नु भएको उक्त साधारण सभामा कोषाध्यक्ष सुनिल शाक्यले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक रत्नकाजी महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरिएको थियो ।

उक्त साधारण सभाले सर्वसम्मत रुपमा काजिरत्न शाक्यको अध्यक्षतामा सञ्चालक समिति र दीपक शाक्यको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । उक्त सञ्चालक समितिको उपाध्यक्षमा विभुशोन शाक्य , सचिवमा सुनिल शाक्य र कोषाध्यक्षमा रत्काजी महर्जन तथा सदस्यमा गंगा शाक्य ,धर्मेन्द्र शाक्य र राजु बज्राचार्य हुनुहुन्छ । यसैगरी लेखा सुपरीवेक्षण समितिको सदस्यमा रीता शाक्य र प्रताप शाक्य हुनुहुन्छ ।

Leave a Reply