बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा थप २ मन्त्री नियुक्त

हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज थप २ मन्त्री नियुक्त गर्नु भएको छ । नेकपा (माके) का नेता सालिकराम जम्मरकट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली काँग्रेसका नेता निमा लामालाई स्वास्थ्य मन्त्री नियुक्त गर्नु भएको छ । नवनियुक्त मन्त्रीद्वय जम्मरकट्टेल र लामाले आजै बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्मा समक्ष पद तथा गोपनीयता सपय ग्रहण गरी आजै आ-आफ्नो मन्त्रालयको कार्यभार सम्हाल्नु भएको छ । आज नियुक्त भएका २ मन्त्री सहित मुख्यमन्त्री पाण्डे नेतृत्वको बागमती प्रदेश मन्त्रीपरिषद ६ सदस्यीय बनेको छ ‌‌‌‌। यही कार्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री बनेका पाण्डेले नेपाली काँग्रेसका कृष्णप्रसाद भँडेललाई भौतिक पुर्वाधार , नेकपा (माके)की कुमारी मोक्तानलाई सामाजिक विकास र नेकपा(एस) का कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त गरी ४ मन्त्रीपरिषद गठन गर्नु भएको थियो ।

Leave a Reply