बागमती प्रदेश सरकार गठनका लागि कार्तिक ११ गते दिउसो ३ बजेसम्मको समय सीमा

हेटौंडा/ राजनीतिक दलहरुलाई बागमती प्रदेश प्रमुखको कार्यालयले नयाँ बागमती प्रदेश सरकार गठनको दावी प्रस्तुत गर्न २०७८ कार्तिक ११ गते सम्मको समय सीमा तोकेको छ । सो कुरा आज अपरान्ह बागमती प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

अल्पमतमा परेपछि बागमती प्रदेश सभामा विश्वासका मतमाथि मतदान हुनु अगाडि नै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि नयाँ बागमती प्रदेश सरकार गठनको लागि बाटो खुलेको हो ।

Leave a Reply