भारतीय एसएसबीले तुईन काटी दिदा जयसिंह धामी बेपत्ता भएकोप्रति ४ वाम दलको विरोध

काठमाडौं / रणनीतिक राजनीतिक मोर्चामा आबद्ध ४ कम्युनिष्ट पार्टील संयुक्त प्रेस विज्ञप्ति जारी गरी यही साउन १५ गते दार्चुला जिल्ला व्यास गाउँपालिका-२ का ३० वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुईन काटी दिदा महाकाली नदीमा बेपत्ता भएको घटनाको निन्दा एवं भत्सर्ना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल , नेकपा(क्रान्तिकारी माओवादी) का महासचिव किरण , नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , नेपालका संयोजक आहुतिले हस्ताक्षर गर्नु हो प्रेस विज्ञप्तिमा यो घटना अक्षम्य हो भनिएको छ ।

सो घटनाको बिभिन्न राजनीतिक दल तथा संघ/संगठन र नागरिकहरुले विरोध गरिरहेका छन् । धामी तुइनबाट महाकाली नदी तर्दै गरेको देख्तादेख्तै भारतीय एसएसबीले उक्त तुईन काटी दिएकाले महाकाली नदीमा बेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ ।

Leave a Reply