मैत्रीय साकोस,बालकोटको १४औं वार्षिक साधारण सभा सम्पन्न, आ.ब.२०७८/०७९ मा रु.३ करोड शेयर पूँजी पु-याउने लक्ष्य

भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा रहेको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को १४औं बार्षिक साधारण सभा शनिवार प्रतिनिधिमूलक उपस्थितिमा भर्चुअल(ZOOM) माध्यमबाट सोही संस्थाको कार्यालय रहेको भवनको सभाहलमा सम्पन्न भयो । उक्त संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायको अध्यक्षता तथा सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष काञ्छाभक्त घजुको विशेष आतिथ्यतामा सम्पन्न भयो । सो साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले सहकारीको जगेर्ना गर्न सकेमा जनताको जीवनस्तर उकास्न सहज हुने बताउदै सहकारी क्षेत्रमा रहेका विकृति बिसंगति हटाई सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सबै लाग्नु पर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले ‘एक व्यक्ति- एक सहकारी’ अव्यवहारिक रहेको र यो विषय यतिबेला अदालतमा विचाराधीन रहेको बताउनुभयो । ऐन, नियम , नीति र निर्देशिका बमोजिम सञ्चालन भएका सहकारी संस्थाले राम्रो प्रगति गरेको देखिएको उहाँको भनाई थियो । त्यसै सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै विशेष अतिथि घजुले यो साधारण सभामा प्रस्तुत भएको मैत्रीय साकोसको प्रगति विवरण र सबै सूचकाङ्क राम्रो रहेको भनी प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले सहकारी क्षेत्रमा हाल देखिएका विकृति हटाउन जतिसक्तो छिटो सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्नु पर्ने खाँचो औंल्याउनुभयो । उहाँले एकीकरण भएर सहकारी संस्था ठूलो हुँदा सदस्यहरुको सेवा सुविधा पनि बढ्ने बताउनुभयो । ‘सहकारी अभियानको सुदृढीकरणको लागि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. लागिरहेको छ’, उहाँले भन्नुभयो ।

बालकोट बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक जयराज पौडेल , बन्थुत्व बचत तथा ऋण सहकारी संस्था लि.का सानुभाइ सिलवाल र सृजना बचत तथा ऋण सहकारी संस्था लि.का रत्नलाल श्रेष्ठ र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.का कल्याण चन्द्र भट्टराईको आतिथ्यता रहेको त्यस साधारण सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष उपाध्यायले ‘शेयर सदस्य महानुभावहरुको साथ र सहयोग प्राप्त गरी निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि. आफ्नो लक्ष्यमा अगाडि बढिरहेको छ’, भन्नुभयो । उहाँले यस संस्थालाई सक्षम, गतिशील र दीगो रुपमा अगाडि बढाउन उच्च प्रविधिको प्रयोग र सदस्यहरुको चाहना एवं सल्लाह सुझाव अनुसार वित्तीय स्रोत र साधनलाई अधिकतम प्रयोग गरी आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबदध रहेको बताउनुभयो । त्यसै संस्थाका उपाध्यक्ष कुवेर श्रेष्ठले स्वागत मन्तव्य र लेखा सुपरीवेक्षण समिति सदस्य राजेन्द्र पराजुलीले सञ्चालन गर्नु भएको उक्त सभामा सोही संस्थाका सचिव सुमन सिलवालले संस्थाको बार्षिक प्रतिवेदन , कोषाध्यक्ष दिवाकर सिलवालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक भाइकाजी खत्रीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । शेयर सदस्यहरु बीच छलफल भई ती प्रतिवेदनहरु साधारण सभाबाट पारित भएका थिए । साधारण सभाले पारित गरेका प्रतिबेदनमा आर्थिक बर्ष २०७७/०७८ मा उक्त संस्थामा शेयर पूँजी रु.२,७२,७२,२००, कूल बचत रु.२८,१८,५४,००५/४५, कर्जा असुली रु.८,५०,७५,७४२, कर्जा लगानी रु.२५,४९,३३,२३१/३२ ,नाफा रु.२०,०२,५६१/७५ र वासालात रु.३५,१९,३८,४२५/५८ रहेको साथै चालु आर्थिक वर्ष २०७८/०८९ मा शेयर पूँजी रु.३ करोड, कूल बचत रु.३० करोड, कर्जा लगानी रु.३९ करोड र वासालात रु.३७ करोड ७१ लाख पु-याउने लक्ष्य रहेको उल्लेख छ ।

साधारण सभामा बिभिन्न विधामा उत्कृष्ठ उक्त संस्थाका शेयर सदस्यहरु लगायतलाई पुरस्कृत गरिएको थियो ।

Leave a Reply