म नेकपा (एमाले)मा प्रवेश गर्ने भन्ने कुरा त टाढाको विषय हो, त्यसमा प्रवेश गर्ने कुरा सोच्न पनि सकिदैन : प्रकाण्ड

काठमाडौं/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफू नेकपा(एमाले) मा प्रवेश गर्ने कुरा त धेरै टाढाको विषय हो , त्यसमा प्रवेश गर्ने कुरा सोच्नसम्म पनि नसक्ने बताउनुभएको छ । सञ्चार माध्यममा उहाँ नेकपा छाडेर नेकपा(एमाले)मा प्रवेश गर्न लागेको भन्ने समाचार सम्प्रेषण भएपछि त्यसको खण्डन गर्दै प्रबक्ता प्रकाण्डले सो कुरा बताउनुभएको हो । उहाँले उक्त समाचारबाट भ्रमित नहुन अनुरोध गर्दै आफू रहेको नेपाल कम्युनिष्ट पार्टीले लिएको वैज्ञानिक समाजवादी नीतिका कारणले हाम्रो पार्टीले प्राप्त गरेको सफलताबाट आत्तिएहरुले गरेको यो ‘कू’ प्रचार मात्र हो र यस्ता ‘क’ प्रचार गर्नेलाई जनताले कारबाही गर्ने बताउनु भएको छ ।

Leave a Reply