राजनीतिक व्यवस्था फेरिए तर उस्तै छ असारे विकासको परम्परा

काठमाडौं / २०४६ सालपछि पटक-पटक राजनीतिक व्यवस्था फेरिए तर असारे विकासको परम्परा भने उस्तै छ । यस वर्ष पनि जब असार लाग्यो , तब बिगत वर्षहरुमा जस्तै बाटोघाटो , ढल निर्माण लगायतका कार्य भइरहेका छन् । झरी परिरहँदा पनि कतिपय ठाउँमा बाटा पिच हुने क्रम जारी देखिएको छ । कतिपय जानकारहरु भने त्यस कार्यलाई अर्थ न बर्थको कार्य भनेर व्यङ्ग्य गरिरहेका छन् तर धेरैजसो सम्बन्धित सरकारी कर्मचारीहरुले भने बजेट अभावले गर्दा यसो गर्न बाध्य हुनु परेको भनेर त्यसको गर्ने गरेका छन् ।

विशेष परिस्थितिमा बाहेक सामान्यतया असार मसान्तभित्र व्यवस्थापिकाबाट बजेट पारित हुने गरेको छ तर त्यसको कार्यान्वयन समयमा भएको देखिदैन । जब परो राती , तब बुढी ताती भने झैं साच्चै विकास गर्नको लागि भन्दा पनि खर्च गर्न बाँकी रहेको बजेट जसरी पनि खर्च गर्न असार लागेपछि हतार हतारमा यस्ता निर्माण कार्य गर्ने गरिएको छ । यसरी बनाएका संरचना चाडै भत्किने र त्यसका लागि हरेक वर्षजसो बजेट खर्च गरी रहने प्रबृत्ति चलन नै बन्दै गएको देखिन्छ । अर्कोतिर बाटो पिच गर्दा पनि त्यो बाटोमा कति तौलका यातायातका साधन गुढ्छन् भन्ने कुरालाई आधार मानेको देखिदैन । जसका कारण हचुवामा गरेका त्यस्ता कार्य केवल झारा टार्ने सिवाय अर्थोक भएको देखिदैन ।

Leave a Reply