राष्ट्रिय सहकारी बैंक लि.का संस्थापक अध्यक्ष जोशीको निधन

काठमाडौं / बरिष्ठ सहकारी अभियान्ता तथा राष्ट्रिय सहकारी बैंक लि.का संस्थापक अध्यक्ष एवं समाजसेवी राजेशहरि जोशीको २०७८ जेठ ३० गते साँझ ६:४० बजे ६४ वर्षको उमेरमा निधन भएको छ । बौद्धिक व्यक्तित्व जोशीले राष्ट्रिय सहकारी बैंक लि.को स्थापना भएसँगै लगातार १० वर्ष जति समय नेतृत्व गर्नु भ एको थियो । मुक्तिनाथ विकास बैंक लि.का साथै जिल्ला सहकारी संघ लि., ललितपुरका सल्लाहकार रहनु भएका जोशी नेशनल को-अपरेटर्स एलियन्सका सह-अध्यक्ष तथा ललितपुरको प्याङ्गथा , गा:बहालमा रहेको नेशनल डेभलपमेण्ट को-अपरेटिभ सोसाइटी लि. र मकवानपुरको हेटौंडामा रहेको मकवानपुर बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष हुनुहुनुन्थ्यो । जोशीको निधनप्रति राष्ट्रिय सहकारी महासंघ लि.का पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटा , राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती , नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल , राष्ट्रिय सहकारी विकास बोर्डका सल्लाहकार तथा सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेल , बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे , बागमती प्रदेश बचत तथा ऋण सहकार संघ लि.का अध्यक्ष उद्धव सापकोटा , नेशनल को-अपरेटर्स एलायन्सका सह-अध्यक्ष गोविन्दप्रसाद शर्मा , जिल्ला सहकारी संघ लि.,ललितपुरका अध्यक्ष माधब दुलाल , जिल्ला सहकारी संघ लि , काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ , जिल्ला सहकारी संघ लि., भक्तपुरका अध्यक्ष केदार खड्का , बहुउद्देश्यीय सहकारी संघ लि., काठमाडौंका अध्यक्ष मनोज थापा मगर , बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका अध्यक्ष शरदकुमार महर्जन , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाई , मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की अध्यक्ष कल्पना श्रेष्ठ लगायतका विभिन्न सहकारी संस्थामा क्रियाशील व्यक्तित्वहरुले शोक व्यक्त गर्नुका भएको छ ।

Leave a Reply