लोक सेवा आयोगका परीक्षा स्थगित , प्रहरी जवानको परीक्षा तालिका माघ १६ गते प्रकाशन हुने

काठमाडौं / ओमिक्रोन भेरियण्टको संक्रमण दर तीव्र रुपमा बढेको र त्यसबाट लोकसेवा आयोगका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै लोक सेवा आयोगले २०७८ माघ ११ गते देखि माघ मसान्तसम्म सञ्चालन गर्न लागेको सबै लिखित परीक्षा स्थगित गरेको र २०७८ फागुन १ गतेदेखि सञ्चालन गर्न लागेको लिखित परीक्षा समेत पुन: ७ दिन अगाडि पूर्व सूचना प्रकाशन गरी पुन: तालिकीकरण गरी सञ्चालन गर्ने जनाएको छ । लोक सेला आयोगको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । लोक सेवा आयोगका लिखित परीक्षा बाहेकका सबै कार्यहरु भने यथावत रहने जनाइएको छ ।

उता नेपाल प्रहरीमा रिक्त प्रहरी जवानको खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिको लागि माग गरिए अनुरुप प्रदेश प्रहरी तालिम केन्द्र, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयहरुमा प्राप्त भएका आवेदन अनुसारका उम्मेद्वारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका २०७८ माघ १६ गते नेपाल प्रहरीको वेभसाइट www.nepalpolice.gov.np मा प्रकाशन हुने जनाइएको छ ‌।

Leave a Reply