संकल्प साकोसको अध्यक्षमा पुन: बिभु पोखरेल चयन

रौतहट/ रौतहटको चन्द्रनिगाहपुरमा आफ्नै भवनबाट सञ्चालन भइरहेक़ो संकल्प बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा पुन: बिभु पोखरेलको अध्यक्षतामा सञ्चालक समिति र गणेश पौडेलको संयोजकत्वमा लेखा तथा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरी सम्पन्न भएको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा कृष्णचदन्द्र पोखरेल ,सचिबमा कुलबहादुर थापा, कोषाध्यक्षमा बलराम प्रसाद गौतम र
सहसचिवमा चिरञ्जीवी गौतम तथा
सदस्यमा भरतप्रसाद अधिकारी, निलहरि कोइराला , एकनाथ चौलागाई, अबधेशहरि भट्टराई ,
गोमा चौलागाईं ,शारदा भण्डारी ,गृष्मा सापकोटा ,बिदुर न्यौपाने ,दीपक भण्डारी र राजकिशोर गुप्ता हुनुहुन्छ । यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको सदस्यमा बेदनाथ हुमागाई र रामचन्द्र तिमल्सिना हुनुहुन्छ ।
यही असोज १६ गतेदेखि शुरु भएको उक्त साधारण सभाको समापन कार्यक्रम प्रतिनिधिमूलक ढंगबाट यही असोज २३ गते होटल गौतमका सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सहकारीले उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने बताउनुभयो ‌। त्यस्तै चन्द्रपुर नगरपालिकाकी उप- मेयर रामरती चौधरीले सहकारीले महिला शसक्तिकरणमा जोड दिनु पर्ने बताउनुभयो । कार्यक्रममा रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की अध्यक्ष देबकी नेपालले संकल्प साकोसको सबै सूचकाङ्क राम्रो देखिएको भन्दे सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । उहाँले राज्यले सहकारीको विकास र प्रवर्द्धन हुने गरी योजना बनाएर कार्य गर्नु पर्ने खाँचो औंल्याउनुभयो ।

कार्यक्रममा नवविकासका अध्यक्ष देबबहादुर सापकोटा ,गुञ्जन सूचना तथा सञ्चार सहकारी संस्था लि. का सञ्जय कार्की हातेमालो साकोसका अध्यक्ष बिरु राना मगर,बिन्दबासिनी साकोसका सञ्चालक कवि काफ्ले ,राष्ट्रिय सहकारी बैंक लि. चन्द्रनिगाहपुर शाखाका प्रमुख रोशन कार्की ,चन्द्रपुर नगरपालिका सहकारी फाँटका शेख नसरे आलम तथा संकल्प बचत तथा ऋण सहकारी सस्था लि.का सस्थापक अध्यक्ष गणेश पौडेल तथा पत्रकारहरु सुब्बा कार्की ,सागर हुमागाइँ र राकेश यादवको आतिथ्यता रहेको कार्यक्रममा सोही सस्थाका अध्यक्ष बिभु पोखरेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्थापना कालदेखि नै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको हाम्रो यो संस्था कोरोना महामारीको विषम परिस्थितिमा पनि प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै संस्थाको समग्र बस्तुस्थितिको बारेमा प्रकाश पार्नु भएको थियो ।
त्यसै सस्थाका सचिव कुलबहादुर थापाले स्वागत मन्तव्य र सह-सचिव चिरञ्जीवी गौतमले सञ्चालन गर्नु भएको कार्यक्रममा सञ्चालक समिति ,लेखा तथा सुपरिवेक्षण समिति ,सल्लाहकार समिति, उप- समितिहरुका बर्तमान तथा पूर्व पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply