संसदले सम्झिएन २०७८ जेठ ११ गते निधन भएका दिवंगत सांसद नरेन्द्र बस्नेतलाई

काठमाडौं / आजबाट सर्वोच्च अदालतबाट दोस्रो पटक पुनर्स्थापित संघीय संसदको अधिवेशन शुरु भएको छ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भयो । यसैगरी प्रतिनिधिसभाको बैठकमा बिभिन्न मितिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नु भएको अध्यादेशहरु गृह मन्त्री बालकृष्ण खाँण , अर्थ मन्त्री जनार्दन शर्मा र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रमैसँग पेश गर्नुभयो ।

त्यसपछि प्रतिनिधिसभाको उक्त बैठकमा हालै निधन भएका संविधानसभा सदस्य तथा पूर्व सांसदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेपनि २०७८ जेठ ११ गते बिहान कोभिड-१९ को संक्रमणबाट धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७४ वर्षको उमेरमा निधन भएका पूर्व सांसद तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं समाजसेवी नरेन्द्र बस्नेतलाई भने सम्झना गरिएन । भोजपुरको दिङ्लास्थित श्री अरुण मा.वि.का पूर्व प्रधानाध्यापक नरेन्द्र बस्नेत २०५८ सालको संसदीय निर्वाचनमा नेकपा(एमाले) को तर्फबाट भोजपुर जिल्ला क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएको थियो । उहाँ ३ वर्ष सांसद हुनुहुन्थ्यो ।

Leave a Reply