सोह्र श्राद्ध लागेसँगै पुरेतहरुलाई भ्याई नभ्याई

काठमाडौं / यही मंगलबारदेखि १६ श्राद्ध शुरु भएसँगै पुरेतहरुलाई भ्याई नभ्याई भएको छ । आफ्ना यजमानहरु नरिसाउन भनेर कतिपयले आफू जान नभ्याएका यजमानकहाँ खेतला पुरेत खोजेर पठाएको पनि देखिएको छ । विशेषगरी हिन्दु धर्मावलम्बीहरुले आफ्ना दिवंगत पितृहरुको उद्धार हुने विश्वासले १६ श्राद्ध अर्थात मालय श्राद्ध गर्ने गरेको बताइन्छ ‌‌। अरु बेला गरेपनि यो मालय श्राद्धमा सन्ततीले दिवंगत बुवा या हजुरबुवाको श्राद्ध गरेपनि दिवंगत आमा या हजुरामाको छुट्टै श्राद्ध गर्ने चलन देखिदैन । मालय श्राद्धमा सन्नतीले दिवंगत आमा या हजुरामाको छुट्टै श्राद्ध नगर्ने चलन समाजमा महिलाहरु माथिको विभेदको नमुना भएको कतिपय महिलाहरु बताउछन् तर आफै ज्योतिष पुस्तकका लेखक प. विष्णुप्रसाद तिमिल्सिना ‘विमल’ भने मालय श्राद्धमा दिवंगत पतिको नाममा श्राद्ध गर्दा चढाइएको फल दिवंगत पति र पत्नीले सँगै बाडेर खान्छन् भन्ने धार्मिक विश्वास रहेकोले सायद मालय श्राद्धमा महिलाको छुट्टै श्राद्ध गर्ने चलन नभएको हो कि’, भन्नुहुन्छ ।

सौह्र श्राद्ध पूर्णिमाका दिनबाट शुरु भएको मालय श्राद्व जम्मरे औंशीको दिन सकिने चलन छ । हिन्दु धर्म धर्मावलम्बीहरुका पुरेतहरुद्वारा गरिने तीथि , श्राद्ध जस्ता मरिमराउका कार्यमा फरक-फरक विधि अपनाउने गरेको देखिएको छ । ‘काजकिरिया , तीथि श्राद्धका बारेमा ९१ जना ऋषिका फरक- फरक मत र विधि छन् । त्यही भएर स्थान विशेषमा चलेको चलन र पढ्ने क्रममा आफू प्रभावित ऋषिको मतलाई अनुसरण गरेर पुरेतहरुले तीथि श्राद्ध , काजकिरिया जस्ता मरिमराउका कार्य गर्ने गरेको’, कतिपय पण्डितको भनाई छ ।

Leave a Reply