१ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईलाई प्रदेश सभाबाट बिश्वासको मत प्राप्त

विराटनगर/ १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले सो प्रदेश सभाबाट बिश्वासको मत प्राप्त गर्नु भएको छ । आज बसेको उक्त प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले प्रस्तुत गरेको बिश्वासको मतको पक्षमा ५० र विपक्षमा २९ मत परेको सोही प्रदेश सभाका सभामुख प्रदीप भण्डारीले घोषणा गर्नु भएको थियो । १ नं. प्रदेश सभाका कुल ९२ जना प्रदेश सभासद मध्ये सभामुख बाहेक ७९ जना प्रदेश सभासदको उपस्थिति रहेको सभामुख भण्डारीको भनाई छ । मुख्यमन्त्री राईलाई ४७ जना प्रदेश सभासदको समर्थन आवश्यक पर्ने भएपनि उहाँलाई नेपाली काँग्रेस, नेकपा (माके), नेकपा (एस), जसपा र संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका गरी ५० जना प्रदेश सभासदको समर्थन प्राप्त भएको हो ।

यही कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनु भएका राईले आफ्नो पक्षमा बिश्वासको मत दिने प्रदेश सभासदहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको छ । उहाँले आफू नेतृत्वको ६ सदस्यीय मन्त्रीपरिषद् चाडै बिस्तार गर्ने बताउनु भएको छ ।

मुख्यमन्त्री राईले हिजो नै प्रदेश सभाबाट बिश्वासको मत लिने कार्यसूची रहेपनि विप्लव नेत‌त्वको नेकपा ले गरेको नेपाल बन्दको कारण देखाउदै बिपक्षी दलका प्रदेश सभासदको उपस्थिति हुन नसक्ने अवस्था रहेको भन्दै सभामुख भण्डारी सो बैठक स्थगित गरी आज विहान ११;०० बजे प्रदेश सभाको बैठक ढाक्नु भएको थियो ।

यता १ नं प्रदेशमा पनि सत्तारुढ ५ दलले नेपाली काँग्रेस प्रदेश सभा दलका नेता राजीव कोइरालाको नेतृत्वमा केन्द्रमा झै राजनीतिक संयन्त्र गठन गरेको बताइएको छ ।

Leave a Reply