१ नं. प्रदेशमा राजेन्द्र राईको नेतृत्वमा ६ सदस्यीय मन्त्रीपरिषद् गठन हुदै

विराटनगर / आज दिउसो १ नं. प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को उप-धारा २ बमोजिम उक्त प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेकपा(एस) का १ नं. प्रदेश सभा दलका नेता राजेन्द्रकुमार राईलाई १ नं. मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ गराउने प्रक्रिया अगाडि बढेको जनाइएको छ । आजै राईको नेतृत्वमा ६ सदस्यीय मन्त्रीपरिषद् गठन हुदै छ । सो मन्त्रीपरिषदमा नेपाली काँग्रेसका नेता केदार कार्की आन्तरिक मामिला तथा कानून र हिमाल कार्की भौतिक पूर्वाधार विकास, नेकपा(माके) का नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना , जसपाका नेता जयराम यादव सामाजिक विकास र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बन्ने ५ दल बीच सहमती भएको बताइएको छ । मुख्यमन्त्री राईले सँगै नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply