२ नं. प्रदेशका मुख्यमन्त्री रावतलाई ७७ सभासदको समर्थन

काठमाडौं / २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु रावतले प्रदेश सभाबाट दुई तिहाई सभासदको समर्थन पाएका छन् । आज आफू नेतृत्व सरकारलाई समर्थन गरियोस् भनी मुख्यमन्त्री रावतले प्रदेश सभामा विश्वासको मत मागेपछि भएको मतदानमा उपस्थित १०० जना प्रदेश सभा सदस्य मध्ये जसपा , नेपाली काँग्रेस, नेकपा(एकीकृत समाजवादी) र नेकपा(माओवादी केन्द्र) का ७७ जना सभासदले मुख्यमन्त्री रावतको पक्षमा मत दिएका थिए भने लोसपा र नेकपा(एमाले)का २३ सभासदले विपक्षमा मतदान गरेका थिए । मतदानमा १० जना सभासद अनुपस्थित थिए ।

जसपा विभाजन भएसँगै अल्पमतमा परेका मुख्यमन्त्री रावणले आज प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् ‌‌। यसै बीच मुख्यमन्त्री रावतले कर्मचारी कै कारण ‘बेटी पढाऔं , बेटी बचाऔं’ कार्यक्रम अन्तर्गत बेटी वीमा कार्यक्रम कार्यान्वयन हुन नसकेको बताउनु भएको थियो ।

Leave a Reply