५० जना प्रदेश सभासदको समर्थन सहित १ नं. प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

विराटनगर/ प्रदेश सभाबाट बिश्वासको मत पाउन सक्ने सम्भावना नदेखेपछि १ नं. प्रदेशका मुख्यमन्त्री भीम आचार्यले आज दिउसो मुख्यमन्त्री पदबाट १ नं. प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ राजिनामा दिएपछि प्रदेश प्रमुख प्यासीले भोलि दिनको १:०० बजेसम्म मुख्यमन्त्रीको लागि दावी प्रस्तुत गर्न राजनीतिक दलहरुलाई समय दिनु भए बमोजिम नेपाली काँग्रेस, नेकपा(माके) , नेकपा(एस), जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गरी ५० जना प्रदेश सभासदको समर्थन सहित नेकपा(एस) का १ नं. प्रदेश सभा दलका नेता राजेन्द्रकुमार राईले मुख्यमन्त्री पदमा दावी प्रस्तुत गर्नु भएको जानकारी प्राप्त भएको छ । सो प्रदेशको मुख्यमन्त्री बन्न ४७ प्रदेश सभासदको समर्थन आवश्यक पर्छ ।

१ नं. प्रदेश प्रमुखको कार्यालयले भोलि राईलाई मुख्यमन्त्री पदमा नियुक्त गरी पद तथा गोपनीयताको सपथ ग्रहण गराउने गरी कार्य भइरहेको उक्त प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ ।

यता नेकपा(एस) का नेता राजेन्द्रकुमार राईले मुख्यमन्त्री पदमा दावी प्रस्तुत गरेपछि उहाँलाई मुख्यमन्त्री पदका लागि समर्थन गर्ने ५ राजनीतिक दलका नेताहरु मन्त्रालय भागबण्डाको विषयमा छलफलमा लागेको बताइएको छ ।

Leave a Reply