आउदो असार १ गतेदेखि भदौं मसान्तसम्म सडक खन्न नपाइने भएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले, काठमाडौंले सार्वजनिक सूचना जारी गरि बर्षायाममा धारा, ढल, विजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिदै जाने भएकोले यही २०८० साल असार १ गतेदेखि २०८० भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरु मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने र कसैले जब्बरजसती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन , २०३१ अनुसार कडा कारवाही गर्ने उल्लेख छ ।
यो कार्यालयले जसरी पनि बजेट सक्नै पर्छ भन्ने मानसिकताले विकासका नाममा विशेषगरी असारमा जथाभावी सडक विरुप बनाउने प्रवृत्तिमा कमी आउने देखिन्छ ।





