निर्माण व्यवसायीहरुको जायज माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघको अनुरोध

नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ ,नेपालले सरकारसमक्ष अनुरोध गरेको छ । सो परिसंघले आज प्रेस विज्ञप्ति जारी गर्दै उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगन लगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको जनाएको छ । उक्त प्रेस विज्ञप्तिमा उल्लेख भएको विषय यस प्रकार छ ।

‘ विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघ ध्यानाकर्षण गराउन चाहन्छ ।
कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान छ । निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्न समेत परिसंघ हार्दिक अनुरोध गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *